१५ दिनमा प्रधानमन्त्रीले राजीनामा गर्ने
काठमाडौं, प्रधानमन्त्री सुशील कोइरालाले संविधान बने १५ दिनमै प्रधानमन्त्री राजीनामा दिने बताएका छन् ।
आजको नागरिक दैनिकमा खबर छ–संविधान बने आफू एकछिन पनि सरकारमा नबस्ने भन्दै शनिबार बसेको कांग्रेस पदाधिकारी र मन्त्रीको संयुक्त बैठकमा प्रधानमन्त्रीले प्रधानमन्त्री पद त्याग्न आतुर रहेको बताएका हुन् ।
रमुख दलबीच माघ ८ भित्रै संविधान जारी गर्ने सहमति यसअघि पालना नभएको स्मरण गराउँदै कोइरालाले एमाले र एमाओवादी अध्यक्षलाई पुनः संविधान जारी गर्ने मिति तोकेर दोष आफू लिन तयार नरहेको जनाउ दिएका थिए ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
0 comments
Write Down Your Responses