शनिबार राति काठमाडौंमा भूकम्पको गम्भीर धक्का महसुस
काठमाडौँमा भूकम्पको अर्को गम्भीर धक्का महसुस भएको छ। अहिले करिव सवा दश बजे भूकम्पको धक्का महसुस भएको हो । भूकम्पपछी सर्वसाधारण घरबाट निस्किएका छन् । सामान्य बन्दै गएको जनजीवन अहिलेको भूकम्पले फेरि त्रसित बनेको छ । भुकम्पको धक्कापछी सर्वसाधारणहरुको बाटो तथा खुल्ला चौरमा निकै नै भिडभाड दिखिएको छ ।
चितवनको भरतपुरलार्इ केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्यूटको भूकम्प गएको अमेरिकन भूगर्भ विभागले जनाएको छ । यद्यपी नेपालको भुगर्व विभागले भने नुवाकोट केन्द्रविन्दु बनाएर ४.५ को भुकम्प गएको बताएको छ । शनिबार राति नै ८ बजेर ३५ मिनेटमा रसुवा र नुवाकोटलार्इ केन्द्रबिन्दु बनार्इ ४ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको थियो । शनिबारै बिहान १ बजेर ५२ मिनेटमा समेत धादिङ, नुवाकोट र काठमाडौ केन्द्रबिन्दु बनार्इ ४ म्याग्निच्यूडको भूकम्पको धक्का महुस भएको थियो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
0 comments
Write Down Your Responses