भारत र चीनलाई नेपालको प्रश्नः हाम्रो लिपुलेक तिमीहरुको व्यापारिक नाका कसरी हुन्छ ?
काठमाण्डु, १७ जेठ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणको बेला त्रिदेशीय सीमामा पर्ने नेपाली भूभाग लिपु लेकलाई भारत र चीनको व्यापारिक नाकाको रुपमा विस्तार गर्ने सम्झौता भएपछि नेपाल सरकारले यसबारे दुवै सरकारसँग औपचारिक जानकारी माग गरेको छ ।
भारतीय प्रधानमन्त्री मोदीको चीन भ्रमणका क्रममा दुई साताअघि भारत र चीनबीच व्यापार बढाउन लिपु लेक पाससहित नाथुला र सिप्किलासम्म सीमा नाका विस्तार गर्ने लगायत ४१ बुँदे सम्झौतामा हस्ताक्षर भएको थियो । लिपुलेक प्रयोगबारे पूर्वसहमतिअनुसार नेपाललाई कुनै जानकाी दिइएको थिएन ।
‘भारत र चीनबीच कहाँसम्म र कसरी सीमा विस्तार हुने हो भन्नेबारे कुटनीतिक च्यानलबाट प्रारम्भिक रुपमा बुझ्ने काम भएको छ’, परराष्ट्र प्रवक्ता ताराप्रसाद पोख्रेलले बताए ।
सम्झौताबारे चासो दर्साउँदै परराष्ट्र मन्त्रालयले भारत नयाँदिल्लीस्थित नेपाली दूतावास र चीनको बेइजिङस्थित नेपाली दूतावासमार्फत भारत र चीन सरकारसँग जानकारी माग गरेको छ ।
–अन्नपूर्ण पोस्टबाट


भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.