चीनले भारतलाई दियो चेतावनी
काठमाडौं । दक्षिण चीन सागरमा तेल निकाल्नका लागि भारत र भियतनाम बिचको नजिकिदो सम्बन्धबारे चीनले चासो व्यक्त गरेको छ ।
चीनले दक्षिण चीन सागरमा चीनको अनुमति बिना भारतले तेल र ग्याँसको खोजी गर्न नसक्ने बताएको छ ।
चिनिया विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले तेल र ग्याँस निकासा गर्नका लागि चीनको अनुमति लिनुपर्ने भन्दै त्यस्तो नगर्न चेतावनी दिएका छन् ।
विवादित क्षेत्रमा अन्तिम व्यवस्थापन हुनुभन्दा पहिले चिनिया वृहत्तर विकास नीतिलाई बढावा दिने जनाएका छन् ।
उनले चीन र भारतबीचको सीमा विवादको असर दुई देशबीचको आपसी सम्बन्धमा पर्न नदिने पनि जनाएका छन् । चीनले दक्षिण चीन सागरको ८० प्रतिशत क्षेत्रफलमा आफ्नो दावी गर्दै आएको छ । यस क्षेत्रमा भारी मात्रामा प्राकृतिक खनिज पदार्थ सञ्चित रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.