यो बर्ष प्राकृतिक आपतविपत आउँछ भन्ने हामीलाई पहिल्यै थाहा थियो: डा. सुनिल सिटौला, ज्योतिष
अब अर्को ठूलो भू्कम्प आउँदैन
२०७२ जेठ १७ गते
यसपटकको भूकम्पले ज्योतिष विधामाथि नै प्रश्न उठाइदियो नि ?
मैले बैशाख २९ र ३० गते भूकम्पको योग छ भनेर १५ गते ट्वीट गरेको थिएँ । भूकम्पको बारेमा हाम्रो ज्योतिषमा पनि केही अवधारणाहरु छन् । हाम्रो सौर्य मण्डलमा ग्रहहरु घुम्छन्, त्यसले पृथ्वी र पृथ्वीबासीलाई असर गर्छ भन्ने ज्योतिषशास्त्रको पहिलो अवधारणा हो । प्राकृतिक आपतबिपत, भूकम्प, बाढी, पहिरो कहिले आउँछ भनेर ज्योतिषमा हुन्छ । यसलाई हाम्रो भाषामा संहित ज्योतिष भन्छ । पाँचौ शताब्दीका ज्योतिश ब्रहा मिलेरनै भूमिकम्प भनेर यसको बारेमा लेख्नुभएको छ । यसमा भूकम्प जाने र गइसकेपछिका अवधारणाहरु छन् । भूकम्प किन जान्छ ? भन्ने विषयमा सबैको आ–आफ्नो विश्लेषण छ । १२ गते भूकम्प गएपछि ग्रह स्थिति कहिले परेको रहेछ र भूकम्प अहिले आउन सक्छ भनेर नियमअनुसार हेर्दा २९ र ३० गते देखियो । बिषेश गरेर पूर्णिमाको आसपास, पूर्णिमादेखि एक हप्ता भित्रमा भूकम्प आयो, अर्को भूकम्प आउन सक्छ, भन्छ । १२ गते भूकम्प आउनुभन्दा एक हप्ता अघि पूर्णिमा नै थियो । शनि र मंगल ग्रहबक्रीय भएको वेला पनि भूकम्प बढी आउँछ भनेर भन्छ । श्रावण महिनाको १७ गतेसम्म शनि ग्रह बक्र भएको छ ।
विज्ञानले भूकम्पको अनुमान गर्न सकिँदैन भन्छ, तर तपाईँहरुले के आधारमा अनुमान गरिरहनु भएको छ ?
हामीले के बुझ्नु जरुरी छ भने, सामान्य भाषामा कसैको पनि भबिष्यबाणी गर्न सकिँदैन । तर पूर्व अनुमान त लगाउन सकिन्छ नि त । यो घोषणा चाँहि होइन, संकेत हो । ज्योतिषले बिहे हुने, विदेश जाने लगायतको भबिष्यवाणी गर्छ नि, त्यही सिद्धान्त भूकम्पसँग पनि जोडिएको छ ।
यो वर्ष राजा सनी र मन्त्री मंगल भएको हुनाले अलिकति नराम्रो छ । प्राकृतिक आपतविपत आउँछ भन्ने कुरा हामीलाई थाहा थियो । मैले अब अर्को ठूलो भू्कम्प आउँदैन भनेर ट्वीट गरिरहेको छु । तर श्रावणसम्म चाँहि सामान्य खालको आइरहन सक्छ ।
तपाईंले गरेको भविष्यवाणी निकै विवादित भयो । प्रहरीले समेत तपाईँलाई नियन्त्रणमा लियो, कारण के ?
भूकम्पको भविष्यवाणी हुँदैन तपार्इँले किन गर्नुभयो ? भनेर प्रहरीले सोध्नु स्वभाबिक हो । वैशाख ३० गते दिउँसो करिव ३ः३० बजे अपराध अनुसन्धान महाशाखाका अधिकृतज्यूहरुले मलाई नियन्त्रणमा लिनुभयो । २९ गते भूकम्प आएपछि मेरो ट्वीट भाइरल भएको थियो । उहाँले त्यही ट्वीट मेटाउन लगाउनु भएको हो । त्यतिबेला गृह मन्त्रालयले नै भूकम्पको त्रास फैलाउने सबैलाई नियन्त्रणमा लिनु भन्ने उर्दी जारी गरेको रहेछ । म पनि त्यसमै परेँ । उहाँहरुले अब अर्को भविष्यबाणी नगरिदिनुस् भनेर आग्रह गर्नुभएको थियो ।
उसो भए १२ गते पहिला पनि त तपाईंहरुले पूर्वअनुमान गर्न सक्नुहुन्थ्यो होला नि ? किन नगर्नुभएको त ?
मैले चाँहि गरिन है । सामान्यतया यो वर्ष राजा सनी र मन्त्री मंगल भएको हुनाले अलिकति नराम्रो छ । प्राकृतिक आपतविपत आउँछ भन्ने कुरा हामीलाई थाहा थियो । मैले अब अर्को ठूलो भू्कम्प आउँदैन भनेर ट्वीट गरिरहेको छु । त्यसको पनि कारण छ । अहिले भूकम्प आउँदा त्रिपुस्कर योग परेको थियो । त्रिपुस्कर पर्दा तीन पटक हानी हुन्छ भनेर भन्छ । तर श्रावणसम्म चाँहि सामान्य खालको आइरहन सक्छ ।
बिज्ञानले ठूलो भूकम्पपछि केही समय अफ्टर सकहरु आइरहन्छ भन्छ, त्यसैलाई आधार मानेर त होइन ?
त्यो हाम्रो विषय होइन । उनीहरुले लाभाका कुरा गर्छन् । हाम्रोमा विशुद्ध सूर्य र चन्द्रमाको कुरा हुन्छ ।
उसो भए भन्दिनुस् न त, अव भूकम्प कहिले जान्छ ?
त्यो बारेमा मैले हेरेको छैन । त्यो हेर्न सकिन्छ । तर, त्यसको लागि एउट छुट्टै टिम चाहिन्छ । हामी त मानिसहरुको भविष्यबाणी गरेर खाने परियो ।
बैज्ञानिकहरुले भविष्यवाणी गर्न सक्दैनौँ भन्दा तपाईंहरुले भविष्यवाणी गरिरहनुभएको छ । तपाईँहरुले विज्ञानलाई चुनौति दिन खोज्नुभएको हो ?
चुनौती दिन खोजेको होइन । तर संसारका सबै विज्ञान ज्योतिष विज्ञान पछि आएका हुन् । ज्योतिष् विज्ञान सबैभन्दा पुरानो विज्ञान हो । वैज्ञानिकको कतिपय खोजहरुमा पनि ज्योतिष शास्त्रलाई उल्लेख गरिएको हुन्छ । अर्को कुरा १९९० मा भूकम्प आउँछ भनेर पहिलेनै ज्यातिषले भनिसकेको थियो ।
यसपाली सरकार तपाईँहरुको विरुद्धमा लाग्यो त्यसो भए ?
मैले त्यसरी अतिरञ्जित गर्न चाहन्न ।
भूकम्पपछि जानकारी लिनका लागि तपाईँको फोन कत्तिको बजे ?
अहिले पनि फोन आइरहन्छ । सोध्छन्, ‘ज्योतिषज्यू भूकम्प आउँछ कि आउँदैन ? कहिले आउँछ ?’ मैले भन्दिन्छु, ‘आउन आउँछ तर बिनाशकारी आउँदैन ।’
दैनिक नेपाल बाट
भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.