गर्भनिरोधकसँग जोडिएका ८ भ्रमहरु जसबारे थाहा पाउन अत्यावश्यक छ
गर्भनिरोधकसँग जोडिएका केही आम भ्रमहरुको चर्चा यहाँ गरिएका छन् ।
महिला पहिलो पटकको यौनसम्बन्धमा गर्भवती हुँदिनन्ः
यो कुरा सरासर झुट हो । एक महिला गर्भवती हुने सम्भावना केही विशेष क्षणहरुबाहेक सधैं एकै किसिमका हुन्छन् । डा. मञ्जु खिमानी भन्छिन्, ‘ओभ्युलेसनको प्रोसेसको सुरुवात पछि महिला जहिले पनि गर्भवती हुन सक्छिन् । पहिलो पटकको सम्पर्क होस् कि दोस्रो, यसले कुनै फरक पार्दैन । ’ यदि कसैले तपाईंलाई पहिलो पटकको यौन सम्पर्कमा गर्भवती भइँदैन भन्छन् भने त्यसलाई पटक्कै विश्वास नगर्नुहोस् । यसका साथै यो पनि थाहा पाउनुस् कि गर्भवती हुने कुनै उमेर हुँदैन । समयसँगै यसको सम्भावना कम वा बढि हुनसक्छ तर कुनै उमेरलाई निर्धारित लिमिट भन्नु गलत हुन्छ ।
यौनसम्पर्क लगत्तै नुहाउँदा वा पिसाब फेर्दा गर्भवती भइँदैनः
यौनसम्पर्क पछि पिसाब फेर्नु र नुहाउनुले स्पर्मद्वारा ऐग फर्टिलाइजेसनसँग केही पनि सम्बन्ध राख्दैन । एग फर्टिलाइजेसनका लागि केवल एउटा स्पर्मको आवश्यक हुन्छ । यौनसम्पर्कको क्रममा जुनसुकै बेला ऐग फर्टिलाइजेसन प्रक्रिया सुरु हुनसक्छ ।
यदि पुरुषले योनी बाहिर वीर्य स्खलन गरे गर्भवती हुँदैन
यो भ्रम निकै लामो समयदेखि स्थापित छ तर मेडिकल साइन्सले यसलार्इृ पूर्ण रुपमा अस्विकार गरेको छ । यो तरिकालाई विड्रोल भनिन्छ तर गर्भ रोक्नका लागि यसलाई भरोसा गर्नु उचित होइन । यौनसम्पर्कको बेला पुरुषले पनि प्री–इज्याक्युलेट फ्लुड निकाल्न थाल्दछन् जसमा ३ लाखसम्म स्पर्म हुनसक्छ । यस्तो अवस्थामा विड्रोलको यो तरिका भरोसायोग्य छैन ।
महिनावारीको बेला यौनसम्पर्कले गर्भ बस्दैनः
महिनावारी भएको बेला गरिने सेक्सले गर्भ बस्दैन भन्ने भ्रम पनि हाम्रो समाजमा स्थापित छ तर मेडिकल शास्त्रले यसलाई अस्विकार गरेको छ । महिला मासिक धर्मको कुनै पनि बेला गर्भवती हुन सक्छिन् । महिनावारीको अर्थ हुन्छ ओभ्युलेसन प्रोसेस चलिरहेको छैन तर जो महिलाको चाँडै र अनियमित मासिक धर्म हुन्छ उनीहरुको महिनावारी भएको बेलामा पनि ओभ्युलेसन हुनसक्छ । यसका साथै एक महिलाको शरिरमा स्पर्म पाँचदिन सम्म जीवित हुनसक्छ । त्यसकारण असुरक्षित यौनसम्पर्कपछि पाँच दिनसम्म यदि ओभ्युलेसन हुन्छ भने तपाईं गर्भवती हुने निश्चित छ । डा खिमानी भन्छिन्, ‘महिनावारी भएको बेला सेक्सबाट बच्नुपर्छ किनभने यतिबेला इन्फेक्सनको खतरा धेरै हुन्छ ।’
उठिउठि सेक्स गर्दा गर्भ रहँदैनः
सेक्स पोजिसनको विषयमा हाम्रो समाजमा थुप्रै भ्रमहरु छन् र तीमध्ये यो पनि एक हो । स्पर्म तीब्र गतिमा शरिरमा प्रवेश गर्दछ त्यसकारण यो तरिकाले गर्भ रहँदैन भन्नु गलत हो ।
गर्भवती हुने नहुने कण्डमले तय गर्छः
यदि पुरुषले टाइट कण्डम लगाए गर्भ बस्दैन भन्ने आम धारणा छ । डा. खिमानी भन्छिन्, ‘यो गलत धारणा हो । चाहिनेभन्दा टाइट कण्डम लगाउँदा त्यो फुट्ने डर हुन्छ जसले गर्भबाट बचाउनुको सट्टा गर्भ रहन सहयोग गर्दछ ।’ यस्ता गर्भनिरोधक प्रयोग गर्नुभन्दा पहिले यसबारे पूर्ण जानकारी लिन आवश्यक छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
0 comments
Write Down Your Responses