आठ सय ४१ अर्बको बजेट आउने योजना आयोगका उपाध्यक्षको खुलासा
रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले दाताहरुले सम्मेलनमार्फत ब्यक्त गरेको प्रतिबद्धताको रकम बाहेक नै सो परिमाणको बजेट ल्याउने तयारी भएको बताए ।
साक्षात्कारमा डा. पोख्रेलले ८ सय ४१ अर्बमध्ये ७ सय ३५ अर्ब नियमित बजेट र बाँकी पुनर्निर्माणका लागि विशेष बजेट भएको स्पष्ट पारे ।उनले बजेटको गृहकार्य अन्तिम चरणमा पुगेको र यो महिनाको अन्तिममा बजेट ल्याउने गरी तयारी भईरहेको जानकारी दिँदै यस वर्षको बजेट विकास बजेट कटौती नगरी पुनर्निर्माणमा केन्द्रित हुने बताए ।
डा. पोख्रेलले आगामि साउन बाटै पुर्ननिर्माणको काम अभियानको रुपमा सुरु गरिने भन्दै वर्षाभित्र पुर्ननिर्माणको नक्सापासदेखि बस्तुस्थिति बुझेर पुर्ननिर्माणको काम सुरु गर्ने जानकारी दिए । पोख्रेलले वर्षा याममा जोखिमपूर्ण बस्ती स्थानान्तरण अस्थायी रुपमा गर्ने र पछि सरोकारवालासँग छलफल गरेर ऐतिहासिकता, भौगोलिक अवस्था र सस्कृति अध्ययन गरेर स्थायी स्थानान्तरणको काम गर्ने बताए ।
दाताहरुले प्रतिबद्धता ब्यक्त गरेको रकम केही सफ्ट लोन केही अनुदान र केही उनीहरु आफैले घोषणा गरेको कार्यक्रमहरु रहेको बताउँदै उनले पुनर्निर्माण प्राधिकरणले स्थानीय स्रोत परिचालन, स्थानीयको क्षमता अभिबृद्धि र दातृ निकायसँगको समन्वयमा काम गर्ने भएकोले छिट्टै पुर्ननिर्माण हुने दावी गरे ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
0 comments
Write Down Your Responses