रोनाल्डो भन्छन्-‘नेपाल हामीसँगै साथ-साथ छ’
फुटबल र पैसामा उनको नाम विश्वमै धनी छ । त्यती मात्र होइन् रोनाल्डोको मन पनि धनी छ । नेपालमा विनाशकारी भूकम्प आउँदा सहयोगको घोषणा गरे । नेपालीको सम्मानमा खेल खेल्नु अगाडि मौन धारण गरेर ज्यान गुमाएका नेपालीलाई सम्वेदना समेत प्रकट गरेका थिए ।
विश्वकै चर्चित एवम् धनी क्लब रियल मड्रिडका स्ट्राइकर तथा पोर्चुगलका राष्ट्रिय टोलीका कप्तान रोनाल्डोले नेपालीप्रति फेरि सहानुभुति झल्काएका छन् । उनले आफ्नो देश पोर्चुगल नेपाल र नेपाली जनतासँगै रहेको बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीटर र फेसबुकमा नेपाल र पोर्चुगलको झण्डा देखाउँदै सकारात्मक सोचौं भन्दै रोनाल्डोले नेपालीका लागि पोर्चुगलसँगै साथ साथ रहेको बताएका हुन् ।
‘सबैमा नमस्कार । नेपाली जनताका लागि सकारात्मक सोचको विकास गरौं । नेपालसँगसँगै पोर्चुगलपनि साथ साथ छ ।’ यसअघि पनि उनले नेपाली टोपी लगाएर नेपालीप्रति सकारात्मक सोच देखाइसकेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :




0 comments
Write Down Your Responses