भूकम्प पीडितको नक्कली विवरण पेश गर्नेलाई सरकारले कारवाही गर्ने
मंगलबार, आषाढ १,
भूकम्प पीडितको नक्कली विवरण पेश गर्नेलाई सरकारले कारवाही गर्ने भएको छ । पीडितलाई परिचय वितरण गर्ने क्रममा अधिकांस जिल्लामा वढी परिवार देखाउने, क्षति नभएकालाई पनि क्षति भएको देखाउने तथा घर भत्काउने प्रवृति वढेपछि सरकारले कारवाहीको तयारी गरेको हो  ।

झुटो विवरण देखाएर नक्कली परिचय पत्र देखाउनेलाई कारवाही गर्न स्थानीय प्रशासनलाई निर्देशन दिईसकेको गृहमन्त्रालय विपद् व्यवस्थापन महाशाखा प्रमुख रामेश्वर दंगालले जानकारी दिनुभयो ।

प्रभावित जिल्लामा ५ लाख घरमा क्षति भएको तथ्याङक संकलन भएपनि भूकम्प प्रभावितको संख्या अहिले ८ लाखको हाराहारीमा पुगेपछि १५ हजार रुपैयाँ वितरणमा समस्या भएको दंगालले बताउनुभयो । विपदको गलत फाईदा उठाएर राहत लिन खोजेपछि जेठ मसान्त सम्म वितरण गर्ने भनिएको १५ हजार रुपैयाँ बास्तविक पीडितले भने अझै पाउन सकेका छैनन् ।

 स्थानीय संयन्त्रकोले समन्वय गर्न नसक्दा नक्कली परिचय पत्र लिनेको संख्या वढ्दै गएको हो । सिन्धुपाल्चोकमा मात्रै भूकम्प प्रभावित घरको संख्या १ लाख नाघेको गृहमन्त्रालयले जनाएको छ । यस्तै दोलखा, धादिङ, गोरखा लगायतका जिल्लामा पनि नक्कली विवरण पेश गर्नेको संख्या वढ्दै गएको छ । गृहमन्त्रालयले अहिले सम्म भूकक्प प्रभावितको राहत र उद्धारमा १२ अर्व रुपैयाँ खर्च गरिसकेपनि वास्तविक पीडितले भने अझै राहत पाउन सकेका छैनन् ।

 भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.