मानव बस्तीमा खतरनाक बिमान दुर्घटना
१५ असार, काठमाडौं । इन्डोनेसियाको मेडान सहरबाट उडेको एक सैनिक जहाज सुमात्रा द्वीपमा दुर्घटना भएको छ । इन्डोनेसिया एयर फोर्सको हर्कुलस सी-१३० जहाज सुमात्रा द्वीपको मानव बस्तीमा दुर्घटना भएको हो ।



हताहतिको पूरा विवरण आएको छैन । तर स्थानीय रेडियोहरुले जहाज घरमाथि खसेको बताएका छन् । इन्डोनेसियन टेलिभिजनहरुले दुर्घटनापछि विमानमा आगो लागेको दृष्य देखाइरहेका छन् ।
एयरफोर्सका प्रवक्ताले मेडान एयरपोर्टबाट उडेको केही मिनेटमै जहाज दुर्घटनामा परेको र उद्धारकार्य जारी रहेको जानकारी दिएका छन् । अरु विस्तृत विवरण आइसकेको छैन ।
सामाजिक सन्जालहरुमा पोष्ट भएका विमान दुर्घटनाका तस्वीर हेर्नुस्-

भिडियो हेर्न तल क्लिक गर्नुह्स :


1 comments

Write Down Your Responses

Powered by Blogger.