पत्रकार मार्ने धम्की दिने रेखा थापाका प्रेमी बहिस्कार
सामान्य गसिप लेखेकै भरमा अमेरिकाबाट ज्यान मार्ने धम्की दिएका कलाकार गौतमको कदम अमानवीय भएको भन्दै संघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संघका महासचिब सन्दिप सापकोटाद्वारा जारी वक्तव्यमा समाचार लेखेकै भरमा ज्यान मार्ने धम्की दिएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै उनलाई बहिस्कार गर्ने जनाएका छन् ।
‘भूकम्प पीडितका नाममा राहत संकलन भनि अमेरिका उड्न थाले कलाकार’ शीर्षकमा फिल्मीबजार डट कममा प्रकाशित गरिएको समाचारलाई आधार बनाएर गौतमले पत्रकार श्यामसुन्दर गिरीलाई मारेर फाल्ने भन्दै धम्की दिएका थिए ।
उनलाई माफी माग्नका लागि संघले १५ दिने लामो अल्टिमेटम दिएको छ । समाचारमा चित्त नबुझेमा कानुनी प्रक्रिया हुँदाहुँदै गौतमले कानुनकै उल्लङघन गरेको भन्दै माफी माग्न अल्टिमेटम दिइएको हो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :




0 comments
Write Down Your Responses