पहिचान माग्ने जनजातिलाई प्रचण्डले भने, ‘काँग्रेस–एमालेमा जानुस्’
काठमाण्डु, ३ असार– एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पहिचानसहितको संघीयताका लागि काँग्रेस–एमाले गुहार्न आग्रह गर्दै मुलुक विपत्तिमा परेका बेला अहिलेकै उपलब्धि ठुलो भएको बताएका छन् ।

प्हिचानसहितको संघीयता र संघीयतासहितको संविधान जारी गर्न माग राखेर बुधबार ज्ञापनपत्र बुझाउन गएका आदिवासी जनजाति महासंघका प्रतिनिधिलाई उनले भने, ‘पहिचानसहितको संविधानका लागि काँग्रेस र एमालेतिरै गए हुन्छ ।
मुलुक प्राकृतिक र राजनीतिक भुमरीमा परेका बेला १६ बुँदे सहमतिबाट प्राप्त उपलब्धिलाई आत्मसात गर्दै अगाडि बढ्नु सबैभन्दा बुद्धिमानी हुन्छ ।’
सभासदसमेत रहेका महासंघ अध्यक्ष काँग्रेसका नरेन्द्र कुमाल र एमालेको पेम्बा भोटेले पहिचानसहितको संघीयताबारे कुरा उठाएपछि प्रचण्डले बीचैमा रोकेर ‘मलाई होइन काँग्रेस र एमालेलाई त्यसबारे स्पष्ट गरिदिनुभए राम्रो हुनेछ’, भनेका थिए ।
उनले संकटका बेला १६ बुँदे सहमतिबाट प्राप्त उपलब्धिमा चित्त बुझाउँदा राम्रो हुने पनि बताए ।
अन्नपूर्ण पोष्टबाट


भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.