नेपालमा यस्तो छ अमेरिकी र अष्ट्रेलियाली बोकाको कमाल
काठमाडौं, ३ असार । अमेरिका र अस्ट्रेलियाबाट आयात गरिएका बोकाबाट स्थानीय जातका बाख्राको गर्भाधान गराउन थालिएको छ ।
उतैबाट ल्याइएको बिर्यबाटसमेत स्थानीय जातका बाख्राको धमाधम कृत्रिम गर्भाधान गराउन थालिएको नयाँ पत्रिका दैनिकले छापेको छ ।
नेपाली बाख्राको नश्ल सुधार र दूध दिने क्षमता वृद्दि गर्न कृषि विकास मन्त्रालयले गत पुसमा बोका र पाठी आयात गरेको थियो ।
अस्ट्रलियाबाट मासुका लागि प्रख्यात बोयर जातका ४० पाठी र ३९ बोका तथा अमेरिकाबाट दूधका लागि प्रख्यात सानन जातका ३० पाठी र २० बोका आयात गरिएको थियो ।
अमेरिकाबाट प्रतिगाटा दुई लाख रुपैयाँका दरले खरिद गरी ल्याइएका सानन जातका बाख्रा व्याउन थालेका छन् ।
सानन जातका बाख्राले दैनिक चार लिटरसम्म दूध दिन्छन् ।
कृषि विकास मन्त्रालयले ३० सानन पाठी आयात गरी कृषि अनुसन्धान केन्द्र बन्दीपुरमा २० र बाख्रा विकास फार्म चित्लाङमा १० पाठी राखेको थियो ।


भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.