नेपालमा फेरि भूकम्पको धक्का
काठमाडौं, २० जेठ । विनाशकारी भूकम्प गएको ३८ दिनपछि नेपालमा फेरि भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज विहानै सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का काठमाडौं लगायत आसपासका क्षेत्रमा महसुस गरिएको हो ।
विहान २ बजेर ४५ मिनेटमा गएको भूकम्पको धक्का ४ दशमलब १ रेक्टर स्केलको हो । पछिल्लो समय भूकम्प आउने क्रम घटिरहेको केन्द्रले जनाएको छ । यसअघि हिजो विहान १० बजेर ४८ मिनेटमा दोलखा केन्द्रविन्दु भएर धक्का महसुस भएको थियो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.