डेढ वर्षभित्रमा तीनजनासँग विवाह गर्ने युवती अन्मिनुअघि पक्राउ
हङकङ आईडी भएको प्रलोभन देखाउँदै डेढ वर्षभित्रमा तीनजनासँग विवाह गर्ने एक युवती तेस्रोपटक अन्मिनुअघि पक्राउ परेकी छन्। मोरङको याङ्शिलाका २२ वर्षीय विक्रम राईसँग मंगलबार धुमधाम बिहे गर्ने तयारीमा रहेकी २६ वर्षीया निशा राई सोमबार धरानबाट पक्राउ परेकी हुन्। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।
पहिलो पति धनेन्द्रले हङकङ जाने प्रक्रिया मिलाउन भन्दै निशाले डेढ वर्षमा १८ लाख रुपैयाँ आफूबाट ठगेको बताए। धनेन्द्र र निशाको विवाह दर्ता २०७० माघ ६ गते खोकु गाविसमा भएको थियो।
पहिलो विवाह भएको एक महिनापछि बूढीमोरङका सन्तोष लिम्बूसँग २०७० फागुन १५ गते विवाह दर्ता भएको थियो। विवाह दर्ता प्रमाणपत्रमा खोकु गाविसमा दुलहीको नाम र ठेगाना जिल्लाकै डाँडाबजार ४ र थर राई लेखिएको छ।
बूढीमोरङ गाविस कार्यालयको विवाह दर्ता प्रमाणपत्रमा थर लिम्बू र ठेगाना सोही गाविस ४ रहेको प्रहरी नायबउपरीक्षक ध्रुव राउतले बताए।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :




0 comments
Write Down Your Responses