१६ बुँदे सहमतिको राप्रपा नेपालद्वारा कडा आलोचना
काठमाडौं, जेठ २६– राप्रपा नेपालले चार दलबीच सोमबार राती भएको सहमतिको कडा आलोचना गरेको छ ।
पार्टी अध्यक्ष कमल थापाले चार दलबीच भएको सहमतिको कडा आलोचना गर्दै सहमतिले सर्वसत्तावादलाई संस्थागत गरेको आरोप लगाएका छन् ।
‘सहमतिले अन्य राजनैतिक दलहरुको अवमुल्यन गरेको छ तथा अन्य दलहरुको भावना र एजेण्डालाई तिरष्कार गरेको छ । सर्वसत्ताबादलाइ संस्थागत गरेको छ’, थापाले सामाजिक सञ्जालमार्फत आक्रोश पोख्दै भनेका छन् ।
थापाले निश्चित र स्पष्ट बैचारिक एवं दार्शनिक आधार विना सहमति भएको आरोप लगाउँदै जननिर्वाचित संबिधानसभालाई लाचार छांया र रबर स्टायम्पको रुपमा परिणत गर्ने दुचेष्टा गरिएको समेत बताएका छन् ।
उनले अगाडी भनेका छन्–‘संबिधानसभा बाहिर केहि सिमित दलहरुले निर्णय गर्ने अनि त्यस्तो निर्णयलाई संबिधानसभाले छाप लगाई दिनु पर्ने बाध्यात्मक स्थिति सिर्जना गरेको छ । संबिधानसभामा बहस र निर्णयको औचित्य समाप्त पारेको छ ।’

उनले सनातन हिन्दराष्ट्र, संबैधानिक राजसंस्था र स्थानिय स्वायत्त शासन प्रणालीलाई पुर्णतया निषेध गर्ने ढंगबाट भएको सझौतालाई ‘कथित’ को संज्ञा समेत दिएका छन् ।
थापाले सहमतिले मुलुक लामो अस्थिरता र अराजकताको दलदलतर्फ धकेलिएको समेत दाबी गरेका छन् ।


भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.