यी हुन् अबका नयाँ प्रधानन्यायाधीश
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको परिषद्को बैठकले प्रधानन्यायाधीशका लागि श्रेष्ठको नाम सिफारिस गरेको परिषद् सदस्यसमेत रहनुभएका कानुन, न्याय, संविधानसभा तथा संसदीयमामिलामन्त्री नरहरि आचार्यले जानकारी दिनुभयो ।
कार्यकाल समाप्त हुनु एक महिना अगाडि नै प्रधानन्यायाधीश बिदामा बस्ने प्रचलन छ । प्रधानन्यायाधीश रामकुमारप्रसाद साहको कार्यकाल आगामी असार २४ गते सकिँदैछ । श्रेष्ठलाई व्यवस्थापिका–संसद्को संसदीय विशेष सुनुवाइ समितिले अनुमोदन गरेपछि नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिनेछ । रासस
भिडियो हेर्न तल क्लिक गर्नुहोस :




0 comments
Write Down Your Responses