उपचार गराउन अध्यक्ष ओली बैँकक जाँदै
काठमाडौं, १ असार । दोस्रो ठूलो सत्तारुढ दल एमालेका अध्यक्ष एवम् संसदीय दलका नेता केपी ओली नियमति उपचारका लागि बैँकक जाने भएका छन् ।
अध्यक्ष ओली बुधबार मध्यान्ह थाई एयरवेजको उडानबाट बैँकक जान लागेको एमाले प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिए ।
‘अध्यक्ष केपी ओली बुधबार नियमित स्वास्थ्य परीक्षणका लागि बैँकक जाँदै हुनुहुन्छ’, थापाले भने ।
यसअघि अध्यक्ष ओलीले बैँककमा आफ्नो उपचार गराएका थिए । मृगौला प्रत्यारोपण गराएका अध्यक्ष ओलीले नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका छन् ।

 भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.