एसएलसीमा ग्रेड छुट्याइदै,कोही फेल नहुने ( तालिका सहित )
अबदेखि एसएलसीमा कोहि  पनि फेल नहुने भएका छन् । शिक्षामन्त्री चित्रलेखा यादवको अध्यक्षतामा बुधवार बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बैठकले विगत ८१ वर्षदेखि लागू हुँदै आएको एसएलसी परीक्षामा अनुतीर्ण हुने प्रावधान खारेज गरेको गरेको छ । नयाँ निर्णय अनुसार यसै बर्षदेखि प्राविधिक एसएलसीतर्फ परीक्षणको लागि ग्रेडिङ सिस्टम लागू हुनेछ भने अर्को बर्षदेखि सबैतर्फ लागू हुनेछ ।

परीक्षा नियन्त्रणक विष्णुबहादुर द्वारेले दिएको जानकारी अनुसार अब देखि विद्यार्थीको हातमा अनुतीर्ण भएको प्रमाणपत्र थमाइने छैन । उनले यस्तो निर्णयबाट विद्यालय बीचको अस्वस्थ प्रतिस्पर्धा कम हुने र विद्यार्थीलाई मानसिक तनावबाट मुक्त पार्न सकिने विश्वास व्यक्त गरे ।

उनका अनुसार ९० देखि १०० प्रतिशत अंक ल्याउनेलाई ए प्लस (विशिष्ट), ८० देखि ८९ प्रतिशतलाई ए (उत्कृष्ट), ६० देखि ७९ ल्याउनेलाई बी (धेरै राम्रो), ४० देखि ५९ सी (राम्रो), २५ देखि ३९ बी (कमजोर) र २५ भन्दा तल ल्याउनेलाई ई (धेरै कमजोर) ग्रेडिङ दिइने छ ।

तालिका


 भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.