बिहानै असाममा ५.८ रेक्टरको भूकम्प, पूर्वी नेपाल पूरै हल्लियो
काठमाण्डु, १३ असार– भारतको असामपश्चिम र थिम्पुको दक्षिणी भागलाई केन्द्र बनाएर आइतबार बिहानै ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका सिस्मोलोजिस्ट मुकुन्द भट्टराईका अनुसार बिहान ६ बजेर ५० मिनेटमा गएको भूकम्पले नेपालको पूर्वीभागमा धक्का महसुस भएको छ । मुख्य वस्ती भएको क्षेत्रमा भूकम्पको केन्द्र परेकोले त्यस क्षेत्रमा केही क्षति भएको हुन सक्ने अनुमान गरिएको छ । यो भूकम्प गोरखा भूकम्पको पराकम्पन होइन, बेग्लै हो–सिस्मोलोजिस्ट भट्टराईले भने,‘ सम्भवतः यो विफोर सक पनि होइन । विफोर सक भएको भए १ – २ घण्टासम्ममा शक्तिशाली भूकम्प गइसक्नु पथ्र्यो ।’ भारत र भूटान नेपालजस्तै भूकम्पको उच्च जोखिम भएका मुलुकहरु हुन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.