जथाभावी बोलेको भन्दै गृहमन्त्रीविरुद्ध नेपाली प्रहरी उत्रियो
काठमाडौं, १३ असार । नेपाल प्रहरीले सशस्त्र प्रहरी बललाई पक्राउ पुर्जी जारी गर्ने अधिकार दिने प्रस्तावित नियमावलीमा आफ्नो सहमति रहेको भनी गृहमन्त्री वामदेव गौतमले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।
गृहमन्त्री वामदेव गौतमले सशस्त्र प्रहरीलाई पक्राउ पुर्जी जारी गर्न अधिकार दिने मन्त्रिपरिषदमा विचाराधीन नियमावली नेपाल प्रहरीको सहमतिमा अघि बढाइएको दाबी संसदको राज्यव्यवस्था समितिको बैठकमा गरेको कान्तिपुर दैनिकले समाचार छापेको छ ।
गौतमले सशस्त्रलाई पक्राउ पुर्जी जारी गर्ने अधिकार दिने विषयमा गृह मातहतका दुई सुरक्षा निकायबीच कुनै समस्या नरहेको र त्यसमा नेपाल प्रहरीसमेत सकारात्मक रहेको दाबी गरेका थिए ।
गृहमन्त्रीको अभिव्यक्तिको भोलिपल्ट नेपाल प्रहरीको एक उच्च अधिकारीले कुरा गर्दै सशस्त्रलाई पक्राउ पुर्जी जारी गर्ने अधिकारी दिने विषयमा आफ्नो संगठनको सहमति नरहेको उल्लेख गरेका छन् ।
ती अधिकारीले ‘सशस्त्र प्रहरी स्थापना भएदेखि दुवै संगठन जसरी चल्दै आएका छन्, अब पनि त्यसरी नै चल्न दिनु उपयुक्त हुने’ बताए ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.