राज्यमन्त्रीलाई जेल हाल्ने तयारीमा मन्त्री थापा
काठमाण्डु, ७ असार– खाद्यन्न ढुवानीको क्रममा नेपाल खाद्य संस्थानमा भएको करिब १० करोड रुपैयाँ घोटाला प्रकरण यति बेला निकै चर्चामा छ । तराईका विभिन्न ठाउँबाट हिमाली जिल्ला तथा  काठमाण्डु उपत्यकामा खाद्यन्न ढुवानीका क्रममा भएको यो भ्रष्टाचार राष्ट्रिय सतर्कता केन्द्रले छानविन गरिसकेको छ । यसले यो प्रकरणमा १० करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाईसकेको छ ।
यसमा राज्यमन्त्री गिरिबहादुर केसी पूर्णरुपमा दोषी देखिएका छन् । मन्त्री र राज्यमन्त्रीबीच एकले अर्कालाई सिध्याउने खेल सुरु नभएको भए खाद्य संस्थानमा भएको घोटाला काण्ड सतहमा आउने थिएन – संस्थानका एक कर्मचारीले भने ।
वाणिज्य तथा आपूर्ति मन्त्रालय राप्रापाको भागमा परेको छ । उक्त मन्त्रालयमा राप्रापले सुनिलबहादुर थापा मन्त्री र गिरिबहादुर केसीलाई राज्यमन्त्री बनाएको छ । थापाभन्दा केसी सिनिएर भएकै कारण त्यतिबेलै टसल सुरु भएको थियो । तर, नेपाल खाद्य संस्थान र नेपाल आयाल निगमको ठेक्कपट्टा राज्यमन्त्री केसीले हेर्नगरी कुरा मिलाइएको थियो । तर अहिले कुरा मिल्न छाडेको छ । मन्त्री थापा राज्यमन्त्री केसीलाई जेल हाल्ने तयारी गरिरहेका छन् ।
– तरुण साप्ताहिकबाट
भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.