पतिले घुस बुझ्दा मन्त्री चित्रलेखाकोे पद धरापमा
परिषद्को इतिहासकै सबैभन्दा भ्रष्ट र बद्नाम सदस्य सचिव मानिने टण्डनले उपाध्यक्ष हुनका लागि मन्त्रीपतिलाई पट्याएका हुन । सुरुमा मन्त्री यादव टण्डनको नामै सुन्न चाहन्नथिन् । तर पतिले पेश्की बुझिसकेपछि उनी नैतिक संकटमा परेको स्रोतले जनाएको छ ।
परिषदको उपाध्यक्ष हुँदा यसअघिका डा. गोपाल खनालले १८ वटा नर्सिङ कलेजको सम्बन्धनका लागि मात्रै एक करोड बढी उठाएका थिए । खनालले आफ्नो कार्यकालमा ५ करोड भन्दा वढी कमाएको झलझली देखेका टण्डन उपाध्यक्ष हुने अवसर कुनै हालतमा छाड्न चाहँदैनन् । उनको यसबीच मन्त्रीपतिसंग एक करोड भन्दा बढी रकम लेनदेन भइसकेको परिषद्का कर्मचारीहरु बताउँछन् । उता टण्डन उपाध्यक्ष गएर आएमा आफूले काम गर्न नसक्ने भन्दै सदस्य सचिव डा. रामहरि लामिछाने गोजीमा राजीनामा बोकेर हिँडेका छन् ।
–साँघु साप्ताहिकबाट
भिडियो हेर्न तल क्लिक गर्नुहोस :




0 comments
Write Down Your Responses