प्रचण्डले कति बुझ्छन् एक महिनामा तलब सुविधा?
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद सचिवालयबाट प्रमुख प्रतिपक्ष दलका नेताका हैसियतले तलब सुविधा बुझ्छन्। प्रचण्ड संविधानसभा दोश्रो निर्वाचनमा सिराहा – ५ बाट विजयी भएका थिए।
तलब – ४७ हजार ७ सय ७०
पानी/बिजुली – १ हजार २ सय ४८
टेलिफोन – २ हजार
आवास – २३ हजार ५ सय
मसलन्द – २ हजार
पत्रपत्रिका – ३ सय
पेट्रोल – २ सय ३० लिटर प्रति महिना (२५ हजार ७०) *१०९ रुपैँयाका दरले
मबिल – ५ लिटरको (५ हजार) *बजार मुल्य
महङ्गी भत्ता – १ हजार
सबै गरेर प्रमुख प्रतिपक्षी दलका नेताको हैसियतले प्रचण्डले मासिक संसद सचिवालय मार्फत १ लाख ७ हजार ८ सय ८८ रुपैँया प्रति महिना बुझ्छन् ।
प्रचण्डलाई प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले स्वकिय सचिवालय सुविधा उपलब्ध छ। जसमा एक जना उपसचिव, एक जना नायब सुब्बा, दुई हलुका सवारी चालक र एक जना कार्यालय सहयोगी हुनेछन् ।
उनीहरुलाई तलब सुविधाका लागि सचिवालयले मासिक ८८ हजार ४ सय ९० रुपैँया संसद सचिवालयले दिने गर्दछ। यो रकमबाट उपसचिवले मासिक २७ हजार ३ सय ७० रुपैँया, नायब सुब्बाले १८ हजार ८ सय, ड्राइभरले १४ हजार ६ सय ७० रुपैँया तथा कार्यालय सहयोगीले १२ हजार ९ सय ८० रुपैँया तलब पाउँछन्।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
0 comments
Write Down Your Responses