के गर्दैछन् साउदीको जेलमा इस्माइली मगर ?
अदालतको आदेश चाहिने भन्दै साउदी प्रहरीले नेपाल प्रहरीलाई बुझाउन अस्वीकार गरेको छ ।
नेपाल प्रहरीकै आग्रहमा १० चैतमा मगरलाई साउदी प्रहरीले पक्राउ गरेको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
उनलाई लिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) टोली साउदी जाने तयारी गरेपछि साउदी प्रहरीले बुझाउन अस्वीकार गरेको हो ।
प्रक्रिया पूरा नभएकाले मगरलाई नेपाल ल्याउन नसकिएको सिआइबीका निर्देशक डिआइजी हेमन्त मल्ल ठकुरीले बताए । ‘उनीहरूको देशको नियमअनुसार अदालतको आदेश चाहिने भएकाले केही लम्बिएको हो,’ डिआइजी मल्लले भने ।
नेपालमा ‘डिपोर्ट’ गर्न त्यहाँको अदालतको आदेश चाहिने भने पनि तीन महिनासम्म साउदी प्रहरीले प्रक्रिया पूरा गर्न सकेको छैन ।
साउदी प्रहरीले मगरमाथि थप अनुसन्धान गरिरहेको छ । साउदीमा पनि अपराध गरेको हुनसक्ने भन्दै उनीमाथि थुनामा राखेर अनुसन्धान हुँदै आएको छ ।
मगर न्यायाधीश बमलाई गोली हान्ने दुई सुटरमध्ये एक हुन् । अर्का सुटर शिव भनिने करण चौधरीसहित सो घटनाका मुख्य योजनाकार बाबु थापालगायतलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
फरार मगरविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)ले समेत वारेन्ट जारी गरेको थियो ।
इन्टरपोलकै वारेन्टका आधारमा मगर पक्राउ परेका हुन् ।
०६५८३६९१ नम्बरको पासपोर्टमा मगर १९ मंसिरमा साउदी गएका थिए ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :




0 comments
Write Down Your Responses