चुरोटको लत छुटाउन पिंजडामा टाउको राखेर ताल्चा लगाउने मानिस
मानिसले आफ्नो रिति रिवाजलाई निक्कै नै मान्ने गर्दछन् । मुस्लिम समुदायमा झन धर्मको विषयमा निक्कै नै कडाइ हुने गरेको हामीले सुनेका पनि छौँ । मुस्लिमहरुले हरेक साल मनाउने रमादनमा ब्रत बस्ने पुजा आजा गर्ने प्रथना गर्ने गर्छन् । यो समयमा जाँड रक्सी चुरोट आदी खान नहुने, नकारात्मक बोल्न नहुने र कुरान सधै पढ्नु पर्ने जस्ता विश्वास मानिसमा रहेको छ ।
टर्कीमा बस्ने एक मानिसले रमादनको बेलामा चुरोटको लत छुटाउन टाउकोलाई पिंजडामा बन्द गरेका छन् । दिनको ४० वटा भन्दा बढी चुरोट खाने उनले दिनको एक पल्ट खाना खान मात्र पिंजडाबाट टाउको निकाल्ने गरेको र बाँकी सबै समयमा पिंजडा भित्र टाउको राख्ने गरेका हुन् । पिंजडामा ताल्चा लगाइएको छ र साँचो उनकी श्रीमतीले लिएको पनि बताइएको छ ।  नाम नखुलेका उनको फेसबुकमा राखिएको फोटोले गर्दा चर्चाको विषय बनेका हुन् ।

-एजेन्सी

भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.