सिके राउतलाई उचाल्ने संस्था एम्नेस्टी इन्टरनेसनल, संस्थाका अध्यक्ष भारतीय
एमनेस्टीको क्रियाकलाप र नेपालको मानवअधिकार क्षेत्रको विषयमा पछिल्लो समय सार्वजनिक धारणाले यो संस्था शंकाको घरमा परेको पहाडीले स्पष्ट पारेका छन् ।
मानवअधिकारकर्मी पहाडीले बिहीबार विज्ञप्ती जारी गर्दै लेखेका छन्, ‘पछिल्लो चरणमा २०१४ कै डिसेम्बर महिनामा एमनेस्टी इन्टरनेसनल अन्तर्राष्ट्रिय सचिवालयबाट पुनः राउतको विषयमा सार्वजनिक गरिएको धारणा र २०१५को वार्षिक प्रतिवेदनमा तराइमा ज्यादति शीर्षकमा राउतको प्रसङ्ग फरक ढंगले उल्लेख भएको घटनाले एमनेस्टीको विश्वसनीयता र नियत माथि विभिन्न कोणबाट प्रश्न उठेको छ भने राउतले नेपाली महिलाहरुको अस्मितामाथि प्रहार गर्दै दिएको लगायतका अनेकौ आपत्तिजनक र मानवताविरोधी मन्तव्य र राउतका पछाडि निरन्तर एमनेष्टीको व्याकिङ भएको भान पर्नुले एमनेष्टीका हजारौ शुभचिन्तकहरुलाई मर्माहत बनाएकोछ । ’
मानवअधिकारको मा अन्तर्राष्टिय ख्याती कमाएका यस संस्थाले सिके राउत पहिलो पटक पक्राउ पर्दा मुक्त गर्न नेपाल सरकारलाई आग्रह गरेको थियो ।
अधिकारकर्मी पहाडीका अनुसार एमनेस्टीले सन २०१४ यता पटक पटक नेपालबारे धारणा सार्वजनिक गरेको छ । ती धारणा र नीतिले नेपालमा असहज स्थिती उत्पन्न भएको छ ।
उनले एमनेस्टीका अध्यक्ष सलली सेठ्ठीलाई यस विषयमा पत्राचार गरेको भए पनि जवाफ नआएको उल्लेख गरेका छन् ।
एमनेस्टीको यस्ता विवादास्पद क्रियाकलापका कारण अबदेखि सो संस्थासँग आफ्नो कुनै पनि सम्बन्ध नरहने पहाडीले घोषणा गरको छन् ।
एमनेस्टीका अध्यक्ष सेठ्ठी भारत बैगलोरका हुन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
0 comments
Write Down Your Responses