गोरखामा हेलिकप्टर दुर्घटना
काठमाडौं, असार ७,
सिम्रिक एयरलाइन्सको हेलिकप्टर गोरखाको साम्देमा दुर्घटना भएको छ । सोमबार विहान अवतरणका क्रममा सिम्रिकको हेलिकप्टर दुर्घटनामा परेको हो ।

हेलिकप्टर दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन । घटनाबारे थप विवरण आइसकेको छैन ।  दुर्घटनापछि हेलिकप्टरको पछिल्लो भाग पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । पछिल्लो भागबाट धुवाको मुस्लो समेत निकिस्कएको देखिन्छ ।

पछाडिको भागमा ढुंगा लागेर दुर्घटना भएको बताइएको छ ।   हेलिकप्टरमा १ जना पाइलटसहित चार जना रहेको सिमि्रक एयरले जनाएको छ । उनीहरु सबै सकुशल रहेका छन । हेलिकप्टर भूकम्प पीडितका लागि डाक्टर र स्वास्थ्य सामाग्री लिएर साम्देका लागि विहान साढे ९ बजे त्यसतर्फ उडेको थियो ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.