आइएसद्धारा एकैदिन चालीस प्रहरी अधिकारीको हत्या
काठमाडौं, १३ असार । इस्लामिक स्टेट (आइएस) का लडाकूहरुले शनिबार सिरियाका विभिन्न सुरक्षा जाँच चौकीमा हमला गरी कम्तीमा पनि ४० जना प्रहरीको हत्या गरेको समाचार छ ।
सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले सो जानकारी दिएको छ । शनिबार आइएसले सिरियाका विभिन्न सुृरक्षा निकायका चौकीमा हमला गरेका थिए । शनिबार विभिन्न चौकीमा कम्तीमा पनि दुई घन्टासम्म आइएस लडाकूहरुले हमला गरी ती चौकी आफ्नै नियन्त्रणमा लिएका बताइएको छ ।
उक्त अधिकारवादी संस्थाले दिएको जानकारीअनुसार त्यहाँको प्रहरी, सरकारी सेना र राष्ट्रिय सुरक्षा बलका अधिकारीहरु समेत गरी कम्तीमा पनि ४० जनाको उनीहरुले हत्या गरेका छन् ।
सिरियन अब्जरभेटरी फर ह्युमन राइटस्का प्रमुख रामि अब्देल रहमानले ती चौकीलाई नियन्त्रणमा लिएर उनीहरुले गरेको हमलापछि प्रहरीले आफ्नो निकै ठूलो सङ्ख्यामा उपस्थिति जनाएको थियो ।
त्यसपछि भने अन्य चौकीमा उनीहरुले हमला गर्न नसकेको बताइएको छ । एकै समयमा उनीहरुले ठूलो सङ्ख्याका आफ्ना लडाकूलाई सुरक्षाकर्मीको विरुद्धमा उतारेका थिए ।
सिरियाको शेख हिलाल र हामा प्रान्तमा सो भिडन्त भएको थियो । ती क्षेत्रमा आइएसले योजनाबद्ध रुपमा हमला थालेका थिए । उक्त हमलापछि तत्कालै सिरियाली सुुरक्षा अधिकारीहरुले हामा प्रान्त भरिनै सुरक्षाकर्मीको सङ्ख्या बढाएका थिए ।
उक्त अधिकारवादी संस्थाले पछिल्लो समयमा ती क्षेत्रमा प्रायः दिनदिनै दोहोरो भिडन्त भई नै रहेको छ । दिनहूँजसो ती क्षेत्रमा प्रहरी मारिने गरेका छन् । तर पनि यो पछिल्लो हमलामा कम्तीमा पनि ४० जना नै सुृरक्षाकर्मीको हत्या हुनुले भने उक्त क्षेत्रमा आइएसको उपस्थिति थप बढ्न थालेको अनुमान गरिएको छ ।
हामा प्रान्तका कतिपय स्थानमा बाटो नै बन्द गराएर आइएसले हमला गरेका थिए । जसका कारण उक्त क्षेत्र नै आतङ्कित बन्न पुगेको छ । रासस/एएफपी

भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.