कोरियामा एक नेपालीद्वारा झुण्डीएर आत्महत्या
१३ असार, सोल ।  ईपीएसबाट रोजगारीका लागि कोरिया गएका एक नेपालीले झुण्डीएर आत्महत्या गरेका छन् ।  पुरानो घर भक्तपुर भएपनि हाल मकवानपुर पालुङमा बस्दै आएका सचिन श्रेष्ठले शनिबार राती ११.३० मा कम्पनीभित्र झुण्डिएर आत्महत्या गरेका हुन्  ।
इन्च्छनको एक फलाम कम्पनीमा बिगत ६ वर्षदेखि कार्यरत श्रेष्ठले आत्महत्या गर्नुको कारण थाहा भएको छैन  । आत्महत्या गर्नु अघि श्रेष्ठले मादक पदार्थ सेवन गरेको सीसीटिभीमा कैद भएको जनाइएको छ ।
घटनाबारे परिवारलाई जानकारी भएको उनका सहकर्मीले बताएको छन् ।
घटनाबारे इन्छनको प्रहरीले सोलस्थित नेपाली दूताबासलाई फोनमा जानकारी दिएको उपनियोग प्रमुख राजाराम बर्तौलाले बताए ।


भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.