धादिङ केन्द भएर आज पनि बिहानै भूकम्पको धक्का
काठमाठौं, ३ असार । नेपालमा फेरि भूकम्पको धक्का महसुस भएको छ ।
भूकम्प मापन केन्द्रका अनुसार विहीबार विहानै धादिगं केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का नेपालका विभिन्न ठाउँमा महसुस गरिएको हो । विहान ८ बजेर २४ मिनेट धक्का महसुस गरिएको थियो ।
केन्द्रका अनुसार धादिगं केन्द्रविन्दु भएर गएको धक्का ४ दशमलब १ रेक्टर स्केलको हो । हिजोमात्रै नेपालमा एकैदिन तीनवटा धक्का महसुस गरिएको थियो ।
हिजो काठमाडौंलाई नै केन्द्रविन्दु बनाएर एकाविहानै कडा धक्का महसुस गरिएको थियो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :




0 comments
Write Down Your Responses