बुढा कमरेडले छोरी सरहकी दोस्री ल्याउँदा …..
असार २, काठमाडौं । एमाओवादी पोलिटब्यूराे सदस्य हेमन्तप्रकाश ओली सुदर्शन ६ वर्षदेखि अवैध सम्बन्ध राख्दै आएकी प्रेमिकाबाट जन्मिएका बच्चाका बाबु बनेका छन् । यस अघि हेमन्त र ती महिलाको सम्बन्धलाई लिएर पार्टी भित्र र बाहिरसमेत पटकपटक कुरा उठे पनि नेतृत्वले वास्ता गरेको थिएन ।
आजको जनआस्था साप्ताहिकमा खबर छ–शनिबार एमाओवादी केन्द्रीय समिति बैठकमै कुरा उठेपछि प्रचण्डले एकपटक स्पष्टीकरण सोधेर ६ महिनाका लागि पार्टी सदस्यताबाटै निलम्बन गरिने बताएका थिए ।
प्रचण्डले यस्तो निर्णय सुनाउँदा स्थायी समिति सदस्य जनार्दन शर्माले भने निलम्वनको नाटक रचेर बहुविवाहलाई बैधता दिन खोजेको टिप्पणी गरेका थिए । बैठकमा हेमन्त उपस्थित थिएनन् ।
प्रचण्ड पुत्र प्रकाशले विना मगरलाई तेस्री पत्नी बनाएको घटनालाई पनि एमाओवादीले ६ महिना निलम्बन गरिएको भन्दै वैधता दिन पुगेको थियो । अहिले बिनाबाट पनि प्रकाशले बच्चा जन्माइसकेका छन् ।
६ वर्षदेखि हेमन्तको प्रेमिका रहेकी जनयुद्धकालीन रेडियो गणतन्त्रकी पत्रकार अम्बिका चन्द गर्भवती भएपछि मात्रै पार्टीले कारबाही थालेको हो । तर, यसलाई अति गोप्य राखिएको छ । पार्टी अध्यक्ष र महासचिवको नाममा जारी गरिएको सर्कुलरमा समेत यसबारे उल्लेख छैन । तीन अगाडि नै हेमन्तले मध्यरातमा लामो समयसम्म फोन गर्ने गरेको जनआस्थाले सार्वजनिक गरेको थियो ।
सानो उमेरमै जनयुद्धमा लागेकी जाजरकोट घर भएकी ठकुरीकी छोरी अम्बिका पार्टी कार्यकर्ता, कलाकार हुँदै रेडियो गणतन्त्रमा कार्यरत भइन् । त्यसैक्रममा जनमुक्ति सेनामा कार्यरत एक दलित छापामारसँग प्रेम विवाह गरिन् ।
रेडियोमा काम गर्दा शान्ति प्रक्रियाको बेला पत्रकारसँग सम्बन्ध बढेपछि पुरानोलाई छोडिन् । तर, पत्रकारसँग पनि सम्बन्ध अघि बढेन । यस्तैमा उनको हिमचिम हेमन्तसँग हुन थाल्यो । उनलाई मगरात कार्यालयमा जिम्मेवारी दिएर हेमन्तले आफूसँग राखे ।
त्यतिखेर नेता कार्यकर्ताले शंका गर्दा हेमन्तले आफ्नी छोरी बनाएको बताएका थिए । अम्बिकाले पनि हेमन्तलाई बाबु भनेर सम्बोधन गर्थिन् ।
माओवादी सरकारमा आएपछि अम्बिकालाई काठमाडौंमा ल्याएर उनले वयोधा अस्पतालमा जागिर पनि लगाइदिए । यता आएपछि पनि दुवैको हिमचिम रोकिएन । उनीहरुको सम्बन्धमाथि नेता कार्यकर्ताले आँखा चिम्लिदिए ।
पटकपटक अम्बिकाले एभर्सन गर्दै आएकी थिइन् । तर, पछिल्लो पटक टाइम बढी भएकोले डाक्टरले स्वीकृति नदिएपछि हेमन्त प्रेमिकाबाट जन्मने बाबु बन्न लागेका हुन् ।
हेमन्तकी छोरीको उमेर नै २५ वर्ष भइसकेको छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.