जंगलबाट विप्लवको यस्तो निर्देशन
हालै प्रमुख दलबीच भएको १६ बुँदे सहमतिलाई धोका भनेको विप्लव माओवादीले बल्खुदेखि चार किलोमिटर दक्षिणपूर्वमा अवस्थित चोभारको जंगलमा गत शुक्रबार गोप्य भेला गरेको छ । महासचिव नेत्रविक्रम चन्द विप्लव, धमेन्द्र बास्तोला, प्रकाण्ड लगायत नेताले सम्बोधन गरेका थिए । बिहान ९ बजेबाट सुरु भएको भेला ६ घण्टासम्म चलेको थियो । ३५० नेता कार्यकर्ता सहभागी भेलामा अस्थायी घर निर्माणमा खटिएका कार्यकर्तालाई विप्लवले प्रशंसा पत्र दिएका थिए ।
‘तास खेलेर बसेको एक मास्टरलाई तास च्यातेर मुखमा कोचिदिउ, पुलिस आए तर हाम्रो काम देखेपछि उल्टै मास्टरलाई कारवाही गरे ।’ उनले भने । भक्तपुरका टिम लिडर शंकर अधिकारीले विप्लवलाई माओवादील्े कस्तो क्याडर चाहेको हो भन्ने स्पष्ट नभएको बताउँदै कार्यकर्ताको उचित मूल्यांकन गर्न आग्रह गरे । सबैको रिपोर्टिङ सुनेपछि विप्वलले १६ बुँदे सहमति धोका भएको भन्दै खारेजीको माग गरे । १६ बुँद खारेजीकोलागि राज्य सत्तलाई नै धक्का दिने गरी योजना ल्याउने बताउँदै कार्यकर्तालाई मृत्यु रोज्न तयार भएर बस्न निर्देशन दिए । जनआस्था साप्ताहिक




0 comments
Write Down Your Responses