अरुलाई बचाए, आफु बाँच्न सकेनन्
 जेठ २०
भनिन्छ नि, राम्रो मान्छे चाँडै भगवानका प्यारा हुन्छन् !
२७ बर्षको उमेरमा घाइतेको उद्धारमा अनवरत खटिएका माउन्टेन हेलिकप्टर्सका क्याप्टेन सुबेक श्रेष्ठले धेरैको ज्यान जोगाए। तर,  आफैँले उडाएको हेलिकप्टरमा आफ्नै ज्यान जोगाउन असफल भए । माउन्टेन हेलिकप्टर्सका क्याप्टेन श्रेष्ठ वैशाख १२ गतेको भूकम्पपछि धेरैको ज्यान बचाउन जुटे। दुर्घटनाको एक साता पुग्दानपुग्दै उनले ४ सयभन्दा धेरै मानिसको ज्यान जोगाए । वैशाख १२ को भूकम्पको केन्द्रबिन्दु थियो गोरखा। भूकम्पले ध्वस्त संरचनामा पुरिएर घाइते भएकाहरु जीवन मरणको संघर्षमा थिए। तिनकै उद्धारमा खटिएका थिए २७ वर्षका युवक सुबेक। भूकम्पले ध्वस्त पारेको ठाउँमा पुग्ने माध्यम हेलिकप्टरमात्र थियो। खराब मौसमले पटक-पटक उद्धार अवरुद्ध पारिरहँदा यिनी जुटिरहेका थिए। उद्धार, उपचार तथा खाद्यान्न पुर्‍याउन यही साधन निर्विकल्प थियो। भूकम्पपछि लगातार परकम्प आइरहेका थिए त्यसले पनि मानिसमा त्रास थियो। सामान लैजान सक्ने सडक मार्ग पहिरोले अवरुद्ध थियो ।
उनले सयौंको उद्धार गरे । यतिका मानिसको उद्धारमा लागेका उनलाई दैवले पनि जोगाएनन्। उनीसहित चार जनाको मंगलबार भएको दुर्घटनामा ज्यान गयो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :


3 comments

sad to know news about you #Subek
you will always be remembered and remain in our heart/ frens heart
may your departed soul Rest In Peace(RIP) #Subek

Good people are always dear to god.... rest in peace captain. ...we all miss u :(

Rip may god bless his soul :)

Write Down Your Responses

Powered by Blogger.