भारतीय विदेशमन्त्री स्वराजले मागिन् एक खर्बको बदला हिन्दुराष्ट्र
सरकारले गरेको दाता सम्मेलन सके लगतै राष्ट्रपति डा. रामवरण यादवलाई भेट्न पुगेकी स्वराजले २५ जेठमा मुख्य चार राजनीतिक दलबीच भएको सहमति प्रति असन्तुष्टी जनाइन् । उनले बुहलवाद र धर्म निरपेक्षताका बिषयमा भारतीय सरकारको दृष्टीकोण पनि राखिन् । स्रोतका अनुसार उनले राजनीतिक तहमा भएको १६ बुँदे सहमतिमा बहुलबाद र धर्मनिरपेक्षता बिषयमा नखुलेको भन्दै असन्तुष्टी जनाइन । भारतको भन्दा राजनीतिक दलहरुले यूरोपियन यूनियनको सल्लाहमा काम गरिरहेको आरोप समेत उनले लगाएन् । राष्ट्रपति यादव र स्वराजबीचको भेटवार्तामा प्रधानसेनापति पनि संगै थिए ।
१६ बुँदे सहमतिप्रति राष्ट्रपति यादव पनि असन्तुष्ट छन् । दलिय सहमति पछि सात बर्षदेखिको गतिरोध अन्त्य हुने र नयाँ संविधान बन्नेमा सवै आशावादी छन् । तर आफ्नो पद धरापमा पर्ने देखेपछि राष्ट्रपति यादव निराश छन् । स्वराजको असन्तुष्टीमा उनी खुसी भएका छन् । १६ बुँदे सहमति राष्ट्रपति यादव र भारत दुवै असन्तुष्ट थिए । उनीहरुको स्वर मधेशबादी दल र सर्वाेच्च अदालतले बोलेको थियो ।
राष्ट्रपति यादवसँगको भेटपछि भारतीय प्रधानमन्त्रीको संदेश मुख्य राजनीतिक दलका नेताहरुलाई पनि स्वराजले दिइन । प्रधानमन्त्री सुशील कोइरालासँग बहुलबादका बिषयमा स्पष्ट हुन आग्रह गरेकी थिइन भने एमाले अध्यक्ष केपी शर्मा ओलीसँग हिन्दुराष्ट्रका पक्षमा जनमत भएकाले त्यसलाई अंगिकार गर्न आग्रह गरेको स्रोतले बताएको छ ।
भारतीय बिदेश मन्त्री स्वराजले एक खर्बको बदलामा हिन्दुराष्ट्र र बहुलबाद मागेकी छिन् । उनले राजनीतक तहमा यस्तो माग गरेपछि संविधान निर्माणको प्रक्रियामा असर पर्ने राजनीतिक बृत्तमा चर्चा चल्न थालेको छ ।




0 comments
Write Down Your Responses