काठमाण्डु उपत्यका सङ्कटमा !
मन्त्रिपरिषद्को आइतबारको बैठकले काठमाण्डु, ललितपुर र भक्तपुरलाई जोखिमयुक्त बनेका घर भत्काउन थप एक वर्ष सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री मीनेन्द्र रिजालले जानकारी दिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले दैवी प्रकोप उद्धार ऐन, २०३९ बमोजिम जोखिममा रहेका घर भत्काउने प्रयोजनका लागिमात्र तीन जिल्लालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो ।
सरकारले स्थापना गरेको दुई खर्बको राष्ट्रिय पुनःनिर्माण कोषमा अन्तर्राष्ट्रिय सहयोग जुटाउन गैरनेपाली आवासीय सङ्घका अध्यक्ष शेष घलेलाई सद्भावना विशेष दूतका रुपमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार मन्त्री रिजालले बताए ।
बैठकले रानीबारी हत्याकाण्डको सफल अनुसन्धान गर्ने प्रहरी नायब महानिरीक्षक हेमन्त मल्ल ठकुरीलाई ३० हजार, प्रहरी नायब उपरीक्षक भीमबहादुर दाहाललाई २५ हजार, प्रहरी निरीक्षकद्वय महेश बस्नेत र दीपेन्द्र अधिकारीलाई जनही २२ हजार नगद पुरस्कार दिने निर्णय गरेको छ ।
त्यस्तै, सरकारले महालेखा नियन्त्रकको कार्यालय र नेपाल ट्रष्टको कार्यालयमा रिक्त विशिष्ट श्रेणीको रिक्त पदमा क्रमशः राजेन्द्र नेपाल र केदारबहादुर अधिकारीलाई कायममुकाय नियुक्त गरी पदस्थापन गर्ने निर्णय गरेको छ ।
भूकम्पबाट प्रभावित पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्यले सरकारले पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपाशुर शेर्पाको अध्यक्षतामा राष्ट्रिय पर्यटन प्रवद्र्धन समिति गठन गर्ने निर्णय गरेको मन्त्री रिजालले बताए ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
0 comments
Write Down Your Responses