ओलीले भने- ‘सुशील कोइराला लोभी प्रधानमन्त्री हुन्’
काठमाडौं,एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशील कोइरालालाई पदप्रति लोभ नगर्न सुझाएका छन् । कोइरालाको नाम नलिईकनै उनले विपत्तिका वेला कसैले प्रधानमन्त्रीमा अडिइरहन लोभ गर्न नहुने बताए ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ– ‘राष्ट्रिय विपत्को सामना गर्नुपर्ने यो वेला कोही प्रधानमन्त्री जान र कोही अडिइरहन लोभ गर्नुहुदैन ।’ पार्टीले सुरु गरेको स्वयंसेवा अभियानको प्रगतिबारे जानकारी दिन सोमबार आयोजित कार्यक्रममा ओलीले भने ।
राष्ट्र पुनर्निर्मामाण र संविधान निर्माण गर्न दलको एकताबछ प्रयास हुनुपर्ने उनले बताए । ‘गाउँघरतिर बाख्राले बिरुवा खाएको निहुँमा बोलचाल बन्द भएका छिमेकीबीच त यो विपत्तिका वेला पुनःबोलचाल सुरु भएको छ भने देश बनाउन हामी सबै राजनीतिक दल नमिली सुखै छैन ।’ उनले भने, ‘अहिलेको अवस्थामा सरकार कस्तो बन्छ,को प्रधानमन्त्री हुन्छ,को मन्त्री हुन्छ,भन्ने कुरा ठूलो होइन, एमालेका ध्यान सत्ता सरकार र प्रधानमन्त्रीमा छैन । एमालेको ध्यान शान्ति, लोकतन्त्र,सामाजिक न्याय,राष्ट्रिय एकता, र समृद्धि तर्फको यात्रामा मात्र छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :




0 comments
Write Down Your Responses