आफूखुसी सहयोग गरे कारबाही
अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले सरकारको मातहत रहेर वा सरकारले तोकेको मापदण्डमा मात्र सहयोगका काम गर्न पाउने भएका छन् । आफूखुशी सहयोग गर्ने कारबाहीमा पर्नेछन् । कान्तिपुर दैनिकमा समाचार छ ।
कसले, कहाँ, कसका लागि, के सहयोग गरे भन्ने जानकारी हुन छाडेपछि सरकार निर्देशिकै बनाएर एकद्वार नीतिमा लागेको हो । गैरसरकारी निकायहरुलाई सरकारको मापदण्डबाहिर जान बन्देज लगाउने निर्णय एक साताअघि मन्त्रिपरिषदले पास गरिसकेको छ । तर लागू शुक्रबारदेखि हुनेछ ।
अब दाताले मापदण्डमा काम गरेर सरकारलाई हस्तान्तरण गर्ने र दुवै पक्ष भएर सर्वसाधारणलाई बुझाउने कार्यविधि अपनाइने अधिकारीहरुले बताए । ‘जथाभावी हुन नदिन यस्तो तयारी सरकारले गरेको हो । आफूखुशी कुनै स्थानमा गएर सहयोग गर्न अबका दिनमा पाइदैन’, अर्थ मन्त्रालय बैदेशिक सहायता महाशाखा प्रमुख मधु मरासिनीले भने, ‘सरकारले तोकेको स्थानमा मात्र जानुपर्ने हुन्छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :




0 comments
Write Down Your Responses