पूर्वमन्त्री पद्मसुन्दर लावतीको निधन
२७ जेठ, काठमाडौं ।
राप्रपा नेपालका नेता एवं पूर्वमन्त्री पद्मसुन्दर लावतीको निधन भएको छ । ७६ वर्षका लावतीको काठमाडौंको नर्भिक अस्पतालमा उपचारका क्रममा आज निधन भएको हो ।
लामो समय देखि मृगौलासम्बन्धी समस्याका कारण उपचाररत रहँदै आएका थिए । केही समय अघि मात्र कमल थापासँग रिसाएर पार्टी फुटाएका लावतीले जीवनकालमा पटक पटक मन्त्री भएका थिए ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.