भूकम्पपीडितको राहत बेचेर रक्सी खाने ७ जना पक्राउ
उनीहरुलाई दुर्गम गाविस मानिने कोसीपारी गाविसस्थित चौवासबाट पक्राउ गरिएको र पक्राउ परेकामध्ये केहीको संलग्नता पुष्टि हुन नसकेकाले थुनामुक्त गरिन लागेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
“संलग्नता देखिएकालाई के मुद्दा लगाउने भन्ने विषयमा आज नै टुङ्गोमा पुग्ने छौं,” जिप्रका काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले भन्नुभयो । उनीहरुले राहत बेचेर मदिरा खाएर मोजमस्ती गर्दै आएको खुलासा भएको छ ।
पक्राउ परेकामा गोठपानी-९ का गुणप्रसाद र कृष्णप्रसाद चौलागाईं, धुसेनी शिवालयका इन्द्र लामा, पुञ्जु शेर्पा, बा३ख ६३०९ का चालक प्रकाश तामाङ, चौवास-७ का सूर्यबहादुर लामा र उनका छोरा विजय लामा रहेको प्रहरीले जनाएको छ ।
काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी सुदर्शन ढकालले घटनामा संलग्नता देखिएकाहरुमाथि कडा कारबाही हुने बताउनुभयो । राहतका लागि आएको चामल र चिउरा कोसीपारी गाविसको चौवासस्थित दुई वटा पसलमा फेला परेको थियो । रासस
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
0 comments
Write Down Your Responses