‘कि म निस्कन्छु की तेरा छोराछोरी निकाल ?’
 गोकर्णप्रसाद भण्डारी
चरिकोट, १३ असार । छुट्टिएर बसेकाहरु पनि भूकम्पपछि सँगै बसेको खबर सार्वजनिक भएको छ तर दोलखाको सुस्पाक्षमावतीमा भने त्यसको ठीक उल्टो भएको छ । भूकम्पमा परी घर पूर्णरुपमा ध्वस्त भएपछि सँगै बसेका आफ्ना बालबच्चालाई छुट्टै राखिदिँदा उनीहरुको विचल्ली भएको छ ।
वर्षौंदेखि आमाले छाडेका र आमाको मृत्यु भई टुहुरा बनेका पाँचजना बालबच्चाको दैनिकी अहिले कष्टकर भएको छ । सुस्पाक्षमावती गाविस–५ का सुस्पा गाउँका दुई दिदीबहिनी मुस्कान पाण्डे, पूजा पाण्डे र सोही गाविस वडा नम्बर ३ बस्ने तीन जना दाजुभाइ रनित थामी, मनित थामी र मोहन थामीको विचल्ली भएको हो ।
पाण्डे दिदीबहिनीको पुरानो घर गोरखा जिल्लाको मुच्चोक गाविस हो । उनीहरुको आमा रीता पाण्डेले बुबाले रक्सी खाएर झगडा गरेको निहँुमा छोडेर सुस्पाक्षवतिमा वडा नम्बर ५ का हर्कबहादुर थामीसँग दोसं्रो विवाह गरी दुईवटी छोरीलाई सँगै लिएर आएका थिइन् ।
सानै उमेरमा दोलखा आएका उनीहरु आमासँगै रमाइरहेका पाण्डे दिदीबहिनीलाई एक्कासी बर्जपात प¥यो । यहाँ रहेको सौतेनी बुबाले पनि जाँडरक्सी खाएर दिनरात आमालाई कुटपिट गर्ने गरेपछि आमाले २०६७ सालमा आत्महत्या गरिन् ।
आत्महत्या गरेपछि थामीले पुनः अर्को विवाह गरे, विवाह गरेको केही दिनपछि नै आफूहरुलाई गाली गर्ने, अपहेलना गर्ने, कुटपिट गर्नेलगायत क्रियाकलाप गरेको मुस्कानको भनाइ छ ।
मुस्कानले रुँदै भनिन्, “पुरानो घर थियो भूकम्पले भत्कायो, सौतेनी आमासँग जे–जस्तो तरिकाबाट पनि सहदै सँगै बस्दै आएका थियाँै, तर बाबालाई भूकम्प आएपछि सानी आमाले म निस्कन्छु की तेरा छोराछोरी निकाल, भनेपछि हामीलाई घरबाट निकालियो ।”
मावलीबाट आफूहरुलाई लिन आउँदा पनि सौतेनी बुबाले नपठाएपछि त्यहीँ बस्दै आएका पाण्डेका दिदीबहिनी भूकम्पपछि सानीआमाले घरबाट निकाली दिएको बताउँछन् । घरबाट निकालेपछि पाण्डे दिदीबहिनी छिमेकीको साहारामा बसिरहेका छन् । छिमेकीकामा राहतस्वरुप आएको चामल खाँदै गरेका उनीहरु चामल सकेपछि के खाने र कहाँ बस्ने भन्ने चिन्ताले पिरोलिएको बताइन् ।
“आफ्नो आमा जीवित रहेको भएको यस्तो अवस्थामा साहारा मिल्थ्यो, सानीआमाको मन कहाँ आमाको जस्तो हुदोरँैछ र !” भावुक हुँदै पुजाले भनिन् । गोर्खामा बुबा हुनुहुन्छ भनेको सुनेको बताउँदै लिन आए फर्कने इच्छा रहेको समेत बताइन् ।
छिमेकीको घरमा सधैँ बसेर मात्र नहुने भन्दै त्रिपालको गोठ बनाउने सोचमा रहेको बताइन् । सुत्ने ठेगान छैन कहिले स्कुलमा सत्छौँ, कहिले छिमेकीकोमा बहिनी डो¥याउँदै हिँड्छु पूजाले गुनासो गरिन् । १५ र १६ वर्षका ती दिदीबहिनी गाउँकै क्षमावती उच्च माविमा कक्षा ९ र १० मा अध्यनरत छन् । अहिले उनीहरु विद्यालय पालो गरेर जाने गरेको बताउँछन् । पालो नगरे गाउँमा आएको राहत छुट्ने उनीहरुको भनाइ छ ।
यस्तै थामी दाजुभाइको पनि अवस्था ज्यादै दयनीय र पीडादायी छ । आमा अर्कैैसँग गएको र बाबुले अर्की आमा ल्याएपछि तीन दाजुभाइलाई छुट्टै राखेका थिए । एउटा कोठामा बस्दै आएका ती दाजुभाइ भूकम्पले घर भत्काएपछि बिचल्लीमा परेका छन् । जेठो दाइ मोहनले बनिबुतो गरेर भएपनि दुई भाइलाई पढाइरहेका थिए ।
घर भत्किएपछि अलिअलि भएको अन्नपातदेखि लत्ताकपडा सबै पुरिएपछि दैनिकी गुजार्न नै समस्या भएको रणितको भनाइ छ । आफूहरुले लगाउने एकसरो लुगाबाहेक अरु केही नभएको भन्दै खाना र बस्न नै समस्या भएको उनले दुःखेसो गरे ।
राहतस्वरुप अहिले गाउँमा आएको चामल र त्रिपालमा बाँच्नु परेको बताउँदै चामल सकिएपछि बजारबाट उधारोमा ल्याउनुपरेको समेत बताए । रणित १२ वर्ष, मनित १५ वर्ष र मोहन १७ वर्षका छन् । उनीहरु पनि क्षमावती उच्च माविमा कक्षा ७ र १० मा पढ्दै आएका छन् । तीमध्ये मोहनले भने आमा अर्कैसँग गएपछि पढाइ छोडेर भाइहरुको हेरविचार गर्दै आएका छन् । गाउँमै ज्यालामजदुरी गरेर जीविकोपार्जन गर्दै आएका थामी दाजुभाइ भूकम्पपछि विचल्लीमा परेका छन् ।
भाइहरुको एउटै इच्छा छ, “ठूलो दाइलाई कसैले राम्रो जागिर लगाइ दिए दाइको कमाइबाट आफूहरुले पढ्न पाउने थियौँ ।” रासस

भिडियो हेर्न तल क्लिक गर्नुहोस :

,

0 comments

Write Down Your Responses

Powered by Blogger.