samachar
»
अमेरिकामा नेपाली युवतीको हत्यारालाई ४५ वर्षको जेल सजाय
अमेरिकामा नेपाली युवतीको हत्यारालाई ४५ वर्षको जेल सजाय
न्यूयोर्क- अमेरिकाको भर्जिनियामा नेपाली विद्यार्थी समानता श्रेष्ठको हत्या गर्ने २४ वर्षीया जेसिका मिशेल विङलाई अदालतले ४५ वर्षको जेल सजाय तोकेको छ । उनले सन् २०१४ मा श्रेष्ठको हत्या गरेको पुष्टी भएपछि अदालतले जेल सजाय तोकेको हो ।

न्यायाधिस रोबर्ट टर्कले हत्याका लागि ८० वर्षको र हत्यापछि शव लिएर हिडेको र लुकाएको अभियोगमा ५ वर्षको गरी ८५ वर्षको जेल सजायको फैसला गर्दै ४५ वर्ष जेल काटेपछि बाँकी सजाय माफी गरिदिने निर्णय सुनाएका छन् । जेसिका मिशेल विङले बायोलोजी पढ्दै गरेकी श्रेष्ठको सन् २०१४ को फेबु्रअरी ८ मा हत्या गरेकी थिइन् । अब हत्यारा विङ ६९ वर्षको उमेरसम्म जेलमा नै बस्नुपर्ने भएको छ । खसोखास डट कममा समाचार छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
0 comments
Write Down Your Responses