पूर्वसभासद् शान्ता चौधरी कक्ष ८ मा भर्ना
दाङ, २७ जेठ – पूर्व सभासद् शान्ता चौधरी उच्च मावि डाँडा गाउँमा कक्षा ८ मा भर्ना भएकी छिन् ।
पढ्ने चाहनालाई उमेरले रोक्दैन भन्दै उनी स्कुल भर्ना भएकी हुन् । चौधरी पूर्व कम्लहरीसमेत हुन् । पैँतीस वर्षीया शान्ताका श्रीमान् वैदेशिक रोजगारका सिलसिलामा खाडी मुलुकमा छन् । उनका दुई छोराछोरीमध्ये छोरा कक्षा ९ मा र छोरी कक्षा ७ मा काठमाण्डुको एक निजी विद्यालयमा अध्ययनरत छन् ।
चौधरी नेकपा एमाले का नेतासमेत हुन् । शान्ता पहिलो संविधानसभामा एमालेबाट सभासद् बनेपछि प्राकृतिक स्रोत व्यवस्थापन समितिका संयोजकको भूमिका निर्वाह गरेकी थिइन ।
उनले ‘कम्लहरीदेखि सभासद्सम्म’ भन्ने पुस्तक प्रकाशन गरेर राष्ट्रिय पुरस्कारसमेत प्राप्त गरेकी छिन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.