८८.७५ प्रतिशत ल्याएर स्कूल टप गरेको अनुराधाले सुन्न पाइनन्
आदर्श उच्च माध्यामिक बिद्यालय नेपालगन्जबाट एसएलसी दिएकी स्वर्गीय अनुराधा शर्मा अधिकारीले ८८.७५ अंक प्राप्त गरेकी छन्। अहिले उनको बधाई र शुभकामना स्थानिय पत्रपत्रिका छापिरहेको छ तर अनुराधा बिनासकारी भुकम्पले लगिसकेको छ।
उनका आमा बाबुले छोरीको नतिजा समेत हेर्न नसकेको विद्यालयका भाइस प्रिन्सिपल शरद रावलले जानकारी दिए। उनले प्राप्त गरेको यो अंक बिद्यालयकै सबैभन्दा बढि त हो नै जिल्लाकै छात्रा तर्फ सबै भन्दा बढि अंक भएको दाबी विद्यालयका भाइस प्रिन्सिपल रावलले जानकारी दिए।
पढाईमा अति नै मेहेनती र जेहेनदार अनुराधाले उत्कृष्ट अंक ल्याउने सबैले अपेक्षा गरेका थिए। नभन्दै त्यही भयो। आफ्ना छोराछोरी र बिद्यार्थी उतिर्ण हुंदा पनि आमा बाबु र शिक्षक शिक्षिका खुसि हुन्छन्। झन् अनुराधाले त जिल्ला नै बिशिष्ट अंक ल्याएकी छन्।
तर यति ठुलो सफलताको खुसी साट्न भौतिकरुपमा अनुराधा नहुदा परिवार र बिद्यालयमा सन्नाटा छाएको छ। रावल नितिजाले घट्दै गएको पिडालाई बल्झाएको बताए। उनको नतिजा सुन्ने जोकोही भावुक बनेका छन्।
नजिता हेर्न आएका अन्य विद्यार्थीहरु समेत अनुराधालाई गुमाउदा खुसि नदेखिएको भाइस प्रिन्सिपल रावलले बताए। एसएलसी दिइसकेपछि अनुराधा काठमाडौ गएकी थिइन।
डाक्टर बन्ने लक्ष्य लिएकी अनुराधा र बहिनी श्रेया दुबैको धरहरा भत्किदा निधन भएको थियो। आदर्श उच्च माविबाट एसएलसी दिएका मध्ये सत प्रतिशत बिद्यार्थी उतिर्ण भएका थिए। उक्त बिद्यालयबाट मात्र सात जना बिद्यार्थी बिशिष्ट श्रेणीमा उतिर्ण भएका छन्।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
0 comments
Write Down Your Responses