राष्ट्रिय सहमतीको सरकार काँग्रेस एमालेमै निर्भर : थापा
भक्तपुर, १९ जेठ  ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले कांग्रेस नेतृत्वको सरकार पूर्णरुपमा असफल भएको बताएका छन् । उनले  सरकार असफल भएकै कारण राष्ट्रिय सहमतिको सरकार उठान भएको बताएका छन् । रफत सञ्चार क्लव भक्तपुर गरेको साक्षतकार कार्यक्रममा बोल्दै थापाले राष्ट्रिय सरकारको निर्माण काँग्रेस र एमालेमै निर्भर भएको बताए । उनले एमाले र काँग्रेसले एकतालाई कायम गर्दै संविधान निमार्णमा अग्रसर बन्नु पर्नेमा जोड दिए ।
दुई तिहाई बहुमतको बलियो र स्थिर सरकार काँग्रेस र एमालेकै भएकाले राष्ट्रिय सहमतिको सरकार बनाउन पनि उनीहरुकै जिम्मेवारी रहेको थापाको भनाइ छ । तर पनि यो सरकार भूकम्पपीडिलाई राहत दिने कुरामा निस्प्रभावी भएको उनको टिप्पणी थियो । अब पनि बलियो र स्थिर सरकार दिने काम काँग्रेस र एमालेकै भएकाले संविधान नबनुन्जेल एकता राख्दै सरकार अघि बढ्नुपर्ने बताए । विपतपछि कालोबजारी बढेको भन्दै उनले भने, ‘प्रधानमन्त्रीको भनाई भाषणमै सीमित हुँदा सरकारको निर्णय पनि कागतमै सीमित बनेको छ ।’
थापाले  राहत वितरणमा राजनीतिक दललेसमेत घोटला गरेको आरोप लगाए । उनले भुकम्प पश्चातको तथ्याँक समेत सरकारसँग नभको र हचुवाकै भरमा संकलन हुँदा देशी विदेशीले नपत्याएको बताए । पद्धती र प्रणाली बिग्रनुसाथै सरकारको प्रभाकारीता अभाबकै कारण अन्तराष्ट्रि समुदायले नपत्याउनु अर्को कारण भएको उनको भनाई थियो ।
‘विगतमा सत्तामा हुँदा स्थानीय निकायको निर्वाचन गर्नुहुँदैन भन्ने दलका नेताले अहिले स्थानीय निकाय नहुँदा राहत वितरण र पुर्नवासमा समस्या देखा परेको भन्नु लज्जास्पद हो’, थापाले भने, ‘स्थानीय निकाय भएको भए यो विपद ब्यवस्थापनमा सहज हुने कुरा अहिले सबै राजनीतिक दलहरुले बुझेको उनको  भनाई थियो ।’
भारत र चीनले नेपालको लिपुलेकबारेमा गरेको  द्धिपक्षीय हस्ताक्षरले नेपालको राष्ट्रियतामा आँच आउने भएकाले यसको अन्यौल हटाउन सरकाले तत्कालै कुटनीतिक पहलबाट सीमा भ्रमको अन्त्य गुर्न पर्नेमा जोड दिए ।
नेपालका ठूला राजनीतिक दल काँग्रेस एमाले र एमाओबादीमा देखिएको एनजीओ र आईएनजीओको प्रभावले विपतका समयमा समेत राहत वितरणमा समस्या देखिएको थापाले बताए । अव बन्ने राष्ट्रिय सहमतीको सरकारमा राप्रपा नेपाल देश र जनताको पक्षम भूमिका खेल्न दरो प्रतिपक्षको भूमिक खेल्ने उनले बताए । बलियो प्रतिपक्ष नभएका खण्डम राष्ट्रिय सहमतीको सरकार समेत निरङकुश बन्ने र काम गर्न नसक्ने भएकाले समते प्रतिक्षको भूमिका अहंम रहने थापाले बताए ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.