जमिन भास्सिन थालेपछि स्थानीयवासी त्रसित
करिब पाँच सय रोपनी क्षेत्रफल रहेको जमिन भास्सिन थालेपछि त्यस क्षेत्रमा बसोबास गर्ने १० घरपरिवार त्रसित बनेका हुन् ।
उनले भने, ‘वैशाख १२ गतेको भूकम्पपछि धाँजा फाटेको उक्त जमिन कुन बेला बग्ने हो टुङ्गो छैन, अहिले दुई मिटरभन्दा बढी फाटिसकेको छ ।’
नेवार बस्ती रहेको उक्त जमिन भास्सिन थालेपछि अध्ययनका लागि प्राविधिक टोली खटाइएको जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले बताए ।
उनले भने, ‘यो सङ्कटपूर्ण अवस्था हो, कहाँ कुन बेला के हुन्छ थाहा हुँदैन, त्यसैले सबैले सजगता अपनाउनुपर्ने अवस्था आएको छ ।’
जमिन भास्सिन थालेपछि स्थानीयवासीले अध्ययनका लागि टोली पठाउन जिल्ला प्रशासन कार्यालयलाई पत्र समेत पठाएको छ । उक्त पत्रका आधारमा भू–संरक्षण कार्यालयका प्रमुखको नेतृत्वमा प्राविधिक टोली खटाइएको सापकोटाको भनाइ छ ।
जमिन भास्सिएपछि जुकेखोला गाउँमा खानेपानी आयोजनाको संरचनामा क्षति पुगेको एकीकृत नेकपा (माओवादी) खार्पाका सचिव राजन मगरले जानकारी दिए ।
मगरका अनुसार वडा नं ८ र ९ का करिब ८० घरपरिवारले उपभोग गर्ने खानेपानीको मुहानमा क्षति पुगेपछि पानी आउन छाडेको छ ।
जमिन चिराचिरा परेर भास्सिन थालेपछि त्यस क्षेत्रमा गाडिएका तीनवटा बिजुलीको खम्बासमेत भास्सिएको जनाइएको छ । बिजुलीको खम्बा भास्सिएपछि विद्युत् सेवासमेत अवरुद्ध भएको छ ।
वर्षा सुरु नहुँदै जमिन भास्सिएपछि अर्खौले, खार्पा हुँदै एेंसेलुखर्कसम्मको कच्ची सडकमार्गसमेत अवरुद्ध बनेको स्थानीयवासीले जनाएका छन् । सडक अवरुद्ध भएपछि स्थानीयवासी पैदलयात्रा गर्न बाध्य भएका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :




0 comments
Write Down Your Responses