जाली नोटका कारोबारी एआईजी वज्राचार्यलाई जोगाउन गृहमन्त्री बामदेव गौतम सक्रिय
काठमाण्डु, ४ असार– धेरैपटक गृह मन्त्रालय सम्हालेर एअरपोर्टबाट जालीनोट र सुन ओसार्ने काण्डमा समेत आफ्नो नाम दर्ज गराएका उपप्रधानमन्त्री बामदेव गौतम नेपाल प्रहरीको मामिलामा सबैभन्दा जानकार नेता मानिन्छन् ।

उनी  पछिल्लो समय आफ्ना विश्वासपात्र एआईजी रमेशशेखर वज्राचार्यको नाम जाली नोटमा जोडिएपछि निकै तनावमा परेको गृह मन्त्राल स्रोतले जनाएको छ । सूक्ष्म तरिकाले छानबिन गर्दा आफ्नै संलग्नता पर्दाफास हुने डरले उनले गृह मन्त्रालयका एक सहसचिवलाई उक्त घटना सम्बन्धमा सामान्य छानबिनको प्रक्रिया पूरा गरी उनलाई निर्दोष साबित गराउन निर्देशनि दिएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

एआईजी रमेशशेखर वज्राचार्य केही दिनदेखि चर्चाको केन्द्रमा छन् । २३ लाख जालीनोटसहित भातको सुनौलीमा पक्राउ परेका पाकिस्तानी नागरिक शेख जाबेद इकवालले उक्त नोट नेपाल प्रहरीका एआईजी वज्राचार्यले वीरगञ्जदेखि सुनौलीसम्म आफू चढ्ने सरकारी गाडीमा राखेर बेलहिया नाका पार गराइदिएको बान दिएपछि उनी अहिले चर्चाको केन्द्रमा पर्न गएका हुन् ।
–आर्थिक दैनिकबाट


भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.