अविवाहित प्रधानमन्त्रीका सल्लाहकारकै दुई पत्नी !
सुवीर खनाल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार
काठमाडौं, ४ असार । अविवाहित प्रधानमन्त्री सुशील कोइरालाका प्रमुख राजनीतिक सल्लाहकार सुवीर खनालले बहुविवाह गरी कान्छी श्रीमती र उनीपट्टिको छोरीलाई अलपत्र पारेको आरोप लागेको छ ।
कान्छी श्रीमती जेनिसा भट्टराई (खनाल)लाई अलपत्र पारेपछि सुवीरको बहुविवाहको रहस्य खुलेको हो । काठमाडौंको गोंगबु माइती भएकी जेनिसा अहिले माइतमै बस्छिन् ।
निजी मोवाइल कम्पनी एनसेलको प्रमुख कार्यकारी अधिकृत रहेका बेला एनसेलमै कार्यरत जेनिसालाई सुवीरले विवाह गर्छु भनि वाचा गरेका थिए । तर, अहिले जेनिसा अलपत्र पारेको पीडित पक्षको दाबी छ ।
एनसेलको सीइओ हुँदा त्यहाँकी कर्मचारीसँग विवाह गरेका खनालको कान्छी पट्टी ५ वर्षीया छोरी एसा खनाल पनि छिन्
ज्ञानेश्वरमा घर भएपनि विभिन्न ठाउँका अपार्टमेन्टहरूमा खनालले जेनिसालाई राख्दै आएका थिए । जेनिसासँगै ५ वर्षीया छोरी एसा खनाललाई समेत सुवीरले अलपत्र पारेका छन् ।
जेनिसासँगको विवाहलाई कानुनी मान्यता दिन नमानेका सुवीरले अहिले आमा र छोरीलाई कुनै मतलव राखेका छैनन् । ठूलो पदमा रहेका कारण जेनिसाले न्यायका लागि कुनै लडाई लड्न सकेकी छैनन् ।
खनालकी जेठी श्रीमती मीना खनाल भने पूर्व निजामती कर्मचारी थिइन् । उपल्लो तहमा काम गरेकी मीना सेवा निवृत्त कर्मचारी हुन् । खनालका जेठीपट्टि २ छोरा छन् ।
यसो भन्छन्, सुवीर
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार सुवीर खनालले भने कतिपय व्यक्तिगत कुराहरूलाई समाचारको विषय बनाउनु उपयुक्त नहुने बताउँछन् । आफ्नो दोस्रो विवाह नभएको दाबी उनको छ ।
‘तपाईको दोस्रो विवाह भएकै हो ?’ भनि सोधेको सौर्य दैनिकको प्रश्नमा सुवीरले भने, ‘यस्तो कसरी हुनसक्छ ? मजस्तो व्यक्तिले कसरी त्यसो गर्न सक्छ ?’
सौर्य दैनिकबाट


भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.