पेट घटाउने घरेलु ७ टिप्सहरु
१. खाना खाँदा फलफुल, सागसब्जी बढि मात्रामा खानुहोस् । फलफुल, सागसब्जी खाँदा एन्टीअक्सिडेन्ट, भिटामिन र खनिज पाइन्छ । त्यसैले सागसब्जी, फलफुल खाना खाँदा सँगै खानु स्वास्थ्यको लागि फाइदाजनक पनि छ ।
२. खानामा मसलाको प्रयोग एकदम कम गर्ने । दालचिनी, मरिच, अदुवा, सुकमेल, लसुन, प्याजजस्ता बढि प्रयोग गर्दा पेट बढ्ने सम्भावना हुन्छ । त्यसले तपाईंको इन्सुलिन क्षमता बढाउन मद्दत पनि पुर्याउँछ ।
३. खाना खाँदा उमेरको पनि ख्याल गर्नुपर्छ । बढ्ने उमेरमा खानाको आवश्यकता बढि पर्छ । तर, ४० वर्ष नाघिसक्नुभएको छ भने डाक्टरको सल्लाह अ नुसार मात्र खाना खानु उपयुक्त हुन्छ ।
४.पानी पिउने एउटा समय बनाएर नियमित पानी पिउनाले मेटाबोलिजम बढ्छ र शरीरबाट विषालु पर्दाथ बाहिर निस्कन्छ । पानी पिउनाले पनि शरीर स्वस्थ रहन सहयोग पुर्याउँछ ।
५. यदि पेटसम्बनधी कुनै पनि रोग छैन् भने बिहान उठ्नेबित्तिकै मनतातो पानीमा कागतीको रस राखेर पिउँदा शरीरमा लागेको बोसो घटाउन मद्दत गर्छ । यसले मेटाबोलिजम दुरुस्त रहनछ, र तौल घटाउन मद्दत गर्छ ।
६. दिउँसो खाजा खाने समयमा भिटामिन इ तथा प्रोटिनयुक्त खाजा खानु उपयुक्त हुन्छ । जस्तैः मकै, भटमास, फलफुल, बदाम आदि राम्रो मानिन्छ । यसमा क्यालोरीको मात्रा भएपनि मोटोपन बढाउन सहयोग पुर्याउँदैन् ।
७. यदि मोटोपनबाट बच्नु छ भने मिठाईबाट टाढा रहनुपर्छ । यस्तो खाद्यपदार्थले शरीरमा चाहिने भन्दा पनि नचाहिने मात्रामा बोसो जमाउने काम गर्छ ।
भिडियो हेर्न तल क्लिक गर्नुह्स :




0 comments
Write Down Your Responses