गौशालामा ८ वर्षीय बालिकामाथि ७० वर्षका वृद्धले जबरजस्ती गर्दा…
हरिहरपुर हरिणमरी गाविस–४ की बालिकालाई सोही गाउँठाउँ बस्ने ७० वर्षीय मटर साफीले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
बालिका आफ्नो घरभन्दा करिब चार÷पाँच सय मिटर उत्तर वनतिर खेल्न गएको बेला सोही वनमा भैँसी चराइरहेका मटरले उनलाई ललाइफकाई वनमा बनाइएको छाप्रोमा लगेर बलात्कार गरेको प्रहरीनायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताउनुभयो ।
मटरलाई गएराति प्रहरी चौकी सीतापुरबाट खटिगएका टोलीले समातेर जिल्ला प्रहरी कार्यालयमा ल्याएका छन् भने निजमाथि जिल्ला प्रहरीले जबरजस्ती करणी मुद्दा चलाउने तयारी गरिरहेको छ । पीडित बालिकालाई आवश्यक जाँचका लागि राति नै जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस
भिडियो हेर्न तल क्लिक गर्नुह्स :




0 comments
Write Down Your Responses